यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किदा ४ जनाको मृत्यु, ३१ जना घाईते

गुगलपाटी संवाददाता धरान
२५ चैत्र २०७५ ११:२८

यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालका अनुसार मृत्यु हुनेमा चालक, एक बालिकासहित चार जना छन् । उनीहरूको सनाखत हुन सकेको छैन।

भोजपुरबाट धरानका लागि छुटेको ना ६ ख २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतिर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना प्रहरीले जनाएको छ ।

घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।