क्रसरमा करेन्ट लागेर हेटौंडा १९ मा एकको मृत्यु

गुगलपाटी संवाददाता
२५ चैत्र २०७५ १४:०४

हेटौंडा : मकवानपुरको हेटौंडा १९ तीनताप्केमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बीरगंज १४ स्थित बोरबीका २२ वर्षीय साहेवअली अन्सारीको करेन्ट लागेर सोमबार दिउँसो करिब चार बजेटको समयमा घटनास्थलमा नै ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले बताए ।
आरएनसी क्रसर उद्योगमा क्रेनबाट पाईप तान्दै गर्दा ११ हजार भोल्टेजको विद्युत् लाईनमा छोएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।