राष्ट्रिय मानव अधिकार आयोग मार्फत अस्पताल बन्द नगर्न गोदानलाई आग्रह
गुगलपाटी संवाददाता काठमाडौं सरकारी चिकित्सक संघ (गोदानं)लाई आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरुमा प्रदान गरिने नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा नागरिकको स्वास्थ्यको अधिकारको हनन् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन आग्रह गरेको छ ।
आयोगले स्वास्थ्य सेवा प्रभावित हुने गरी आन्दोलन नगर्न गेदानलाई आग्रह गरेको हो ।
अस्पतालको सेवा नै प्रभावित पार्नु संविधान र प्रचलित कानून विपरीत भएको भन्दै आयोगले यो समस्यालाई सार्थक वार्ता र संवादबाट समाधान गर्न आयोगले गोदानलाई आग्रह गरेको छ ।
पेशागत क्षेत्रमा देखिएका असन्तुष्टि र अस्पष्टताहरुलाई समाधान गरी नागरिकको स्वास्थ्यको अधिकार हनन् हुन नदिन आयोगले सरकारको समेत ध्यानाकर्षण गराएको छ ।
समायोजनप्रति असन्तुष्टि जनाउँदै गोदानले ५ दिनदेखि देशैभरको स्वास्थ्य सेवा ठप्प पारेको छ । यसले गर्दा बिरामीहरू मर्कामा परेका छन् ।