खतना गर्ने क्रममा दुई महिने शिशुको मृत्यु

गुगलपाटी संवाददाता महोत्तरी
२६ चैत्र २०७५ ०९:४२

जिल्लाको  लोहारपट्टि नगरपालिका ५ मा मुस्लिम परम्परा अनुसार खतना गर्ने क्रममा स्थानीय आशिक शेषका दुई महिने छोरा फिरोज शेषको मृत्यु भएको छ ।

मुस्लिम परम्परा अनुसार खतना (लिङ्गको टुप्पो बाहिरी छाला काटिएको) कारणले गर्दा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

शिशुको उपचारको क्रममा मृत्यु मुस्लिम समुदायमा अनिवार्य मानिने खतना गर्ने क्रममा अत्यधिक रक्तस्राव भएको शिशुको उपचारको क्रममा जनकपुर स्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।