इन्डोनेसिया माथि नेपालको जित
गुगलपाटी संवाददाता काठमाडौँमहिला फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपालले सान्त्वना जित हात पारेको छ ।
सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत म्यानमारमा भइरहेको समूह ए को छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले इन्डवनेसियालाई २-१ ले पराजित गरेको हो।
यसअघि नै म्यानमार र भारतसँग समान ३-१ को नतिजामा पराजित भएको नेपाल समूह चरणबाटै बाहिरसकेको छ।
यस्तै अर्को खेलमा भारतसँग ३(३ को बराबरी खेलेको घरेलु टोली म्यानमार अघिल्लो चरणमा प्रवेश गरेको छ। बराबरीपछि म्यानमार र भारतको समान अंक भएपनि गोलअन्तरको आधारमा म्यानमार शीर्ष स्थानमा रहेको हो।