हेटौंडा उपमहानगरपालिकाले शव जलाउने मेशिन खरिद गर्ने, करिब ९० लाख रुपैयाँ बजेटको अनुमान

गुगलपाटी संवाददाता हेटौंडा
२६ चैत्र २०७५ ११:३७

हेटौंडा उपमहानगरपालिकाको चौँथो नगरसभा बैठकले शव जलाउने मेशिन खरिद गर्ने निर्णय गरेको हो ।

शवलाई हेटौंडाको राप्ती खोलामा दाउरा, मुडा बालेर शव जलाउँदा जताततै प्रदुर्षण भएकोले शवलाई आधुनिक ढंगले जलाउन मेशिन खरिद गर्न लागिएको उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
मेशिन खरिद गर्न करिब ९० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । बैठकले मेशिन खरिद गर्न सो रकम समेत छुट्याइसकेको छ । काठमाडौंको पशुपति क्षेत्र विकास कोषको परिसरमा विद्युत शवदाह मेशिन छ । विद्युतीय शवदाह मेशिनमा दैनिक ४० शव जलाउन सकिन्छ। विद्युतीय मेशिनबाट एक शव जलाउनका लागि ४५ मिनेटको समय लाग्छ ।