प्रदेश न.३ः- मान्त्रीपरिषदको र्बैठक मार्फत पाँच निर्णय

गुगलपाटी संवाददाता हेटौंडा
२७ चैत्र २०७५ ०७:१८

प्रदेश नंबर ३ को मन्त्रीपरिषदको बैठकले पाँचवटा विषयमा निर्णय गरेको छ । हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रर्वद्धनको लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुंगेलले जानकारी दिए अनुसार मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यन्वयन सम्बन्धी कार्यबिधि २०७५ स्वीकृत गरिएको छ, । प्रदेश ३ मार्फत  बारा तथा पर्सामा हावाहुरी पिडीत परिवारलाई यसअघिको मन्त्री परिषद बैठकले गरेको निर्णय अनुसार नगद स्वरुप प्रदेश २ सरकारको खातामा एक करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
यसैगरी नेपाल भ्रमण बर्ष २०२० प्रबर्दन सम्बन्धी प्रदेश स्तरिय कार्यबिधि स्वीकृत गरेको छ ।