ट्राफिकको समस्या समाधान गर्ने काम हाम्रो होईनः मेयर महत

गुगलपाटी संवाददाता हेटौंडा
२७ चैत्र २०७५ ०७:३९

हेटौँडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले २५ मिटरको विषयमा सरकारले निकै अलमल गरेको बताएका छन् । आज हेटौँडामा रेडियो बुलेटिनले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै मेयर महतले २५ मिटर नभत्काउदा ट्राफिक समस्या बढेको बताएका छन् ।

उनका अनुसार नागरिकहरुले हेटौँडा भित्र हुने सबै समस्यालाई नगरले समधान गर्नुपर्छ भन्ने मान्यता राख्ने बताउँदै उनले ट्राफिक समस्या समधान गर्ने काम मेयरको नभएको बताए । ट्राफिक समस्यालाई समाधान गर्नको लागि ट्राफिक कार्यलय रहेको समेत उनले बताए ।

केन्द्रीय सरकारले भत्काउन नसके हेटौँडा उपमहानगरपालिकाले भत्काउछ भनेर आफुहरुले प्रधानमन्त्रीको कार्यालयमा पत्रचार गरेको भएपनि सरकारले वास्ता नगर्दा समस्या देखा परेको उनले बताए ।