प्रदेश नं. ३ को सञ्चार रजिष्ट्रारमा सापकोटा

गुगलपाटी संवाददाता हेटौंडा
२७ चैत्र २०७५ ०७:५१

प्रदेश नं. ३ सरकारले प्रदेशको सञ्चार रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको छ । प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको प्रस्तावमा सपाकोटा सो पदमा नियुक्त भएका हुन् ।

बुधवार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पत्रकार सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्ट्रारमा नियुक्त गरेको हो ।

बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका सिन्धुपाल्चोक कुबिण्डे निवासी सापकोटा हाल अंग्रेजी दैनिक दि हिमालयन टाइम्समा कार्यरत छन् ।