तीन बर्षिय बालिकामाथि यौन दुव्र्यवहार गर्ने पक्राउ
गुगलपाटी संवाददाता गाईघाटतीन बर्षिय बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर जिल्लाको त्रियुगनगरपालिकाकाको दमौटीमा एक तीन वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महिनाको जेलसजाय फैसला गरेको छ ।
मङ्गलबार जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुर्व्यवहार गर्ने १५ वर्षीय बालकलाई ९ महिनाको जेल सजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।
विसं २०७५ भदौ ३० गते बालकले एक तीन वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेपछि पीडितको अभिभावकको उजुरीमा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बालकविरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहारविरुद्ध मुद्दा चले पनि ५० हजार धरौटीमा बाल तारेखमा रिहा भएका थिए । बालकलाई सजाय भुक्तानी गराउन नौ महिना सुधार गृहमा पठाइने पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।