आजका पत्रपत्रिकाः प्रदेश ३ का मन्त्री र सचिवबीच टकराव, सचिवको कार्यकक्षमा ताला

गुगलपाटी संवाददाता
२८ चैत्र २०७५ ०२:००

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् ।

प्रदेश ३ सरकारको मन्त्रिपरिषद्ले बुधबार विभिन्न ५ निर्णय गरेको, जनप्रतिनिधिले श्रमदान गरेको, निजी क्षेत्रसँग प्रदेश सरकारले छलफल गर्दै, पर्साको ठोरी गाउँपालिकालाई प्रदेश ३ मा समेट्न प्रदेशसभामा आवाज उठेकोलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिला् पृष्ठमा छापेका छन् ।

३ नम्बर प्रदेशका सामाजिका विकास मन्त्री युवराज दुलालले सचिव लोकनाथ पौड्यालको कार्यकक्षमा तालाबन्दी गरिदिएको समाचार आजका सबै पत्रिकाले छापेका छन् ।

मन्त्री दुलाल र सचिव पौड्यालबीचको आन्तरिक मतभेदले उग्ररुप लिएसँगै मन्त्रीले मंगलबार कार्यकक्षमा तालबन्दी गरिदिएका हुन् । करिब डेढ महिना अगाडि सामाजिक विकास मन्त्रालयमा हाजिर भएर आएका सचिव पौड्याल र मन्त्रीबीच विवाद चलिरहेको थियो । सचिव सरुवा भएर आएसँगै उनले मन्त्रालयलाई आफ्नै शैलीबाट सञ्चालन गर्न खोजेसँगै मन्त्रीसँग द्वन्द्व सुरु भएको बुझिएको छ ।
‘सचिव हक्की स्वभावको हुनुहुन्थ्यो । उहाँले आफ्नै शैलीमा काम गरेसँगै मन्त्रीसँग सुरुबाटै टसल भइरहेको थियो ।’, मन्त्रालयका एक कर्मचारीले भने,‘मन्त्रालका सवै कर्मचारीले मन्त्री समक्ष आफूहरुले काम गर्न नसकेको गुनासो गरेसँगै मन्त्रीले सचिवलाई मन्त्रालय छाड्न भनेका थिए । पटकपटक मन्त्रालय छाड्न मन्त्री दुलालले दिएको निर्देशनको वेवास्ता गरेसँगै मन्त्रीले सचिवको कार्यकक्षमा रहेको फाइल सवै निकालेर तालाबन्दी गरिएको बुझिएको छ ।

‘मंगलबारको मन्त्रालयका बैठकमा सचिवले आवश्यक टिप्पणी नउठाएको पाइएसँगै मन्त्रीले तपाईं बैठकमा बस्नुपर्दैन भन्नुभयो । त्यसपश्चात् उहाँले प्रदेशका प्रमुख सचिवसँग विदा लिएर जानु भएको बुझिएको छ ।’, मन्त्रालय स्रोतले भन्यो । स्रोतका अनुसार मन्त्री दुलालले नतिजामुखी काम गर्न कर्मचारीलाई उक्साइरहेको समयमा नयाँ सचिवको आगमनसँगै कर्मचारीले काम गर्न छाडेपछि मन्त्री र सचिवबीच द्वन्द्वको अवस्था सिर्जना भएको थियो । मन्त्री र सचिवबीचको तनाबसँगै सचिव पौडेल मंग्लबार नै काठमाडौँ गएको बुझिएको छ ।

मन्त्रालयका अघिल्लो सचिव दीर्घनारायण पौडेलले सरुवाको रमाना नबुझ्दै मन्त्रालय आइपुगेको सचिव लोकनाथ पौड्यालले आफूले पाउनुपर्ने सुविधा सवारी साधान नपाएको भन्दै गुनासो गरेसँगै मन्त्री–सचिववीच विवाद सुरु भएको थियो । सामाजिक विकास मन्त्री युवराज दुलालले सचिवले फाइलहरु सबै पेन्डिङमा राखेर आफूभन्दा अग्लो बनाएर काम नगरेको हुनाले र अगाडिको मितिमा फाइल स्वीकृत गर्ने सम्भवना देखिएकोले आफूले सो फाइलहरु लक गर्ने उद्देश्यले ताला लगाएको मन्त्री दुलालले बताए । सचिव पौड्यालले आफू १० दिनको घरविदा स्वीकृत गरी काठमाडौँ आएको बताए । आजको साझाकुरा दैनिकले छापेको छ ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ