दुर्घटनामा संगितकार राईको निधन

गुगलपाटी संवाददाता पोखरा
२८ चैत्र २०७५ ०५:४९

बुधबार राति करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा श्रीमान् (थुलुङ) राईको ज्यान गएको छ ।

पोखरामा बसेर संगीत कर्ममा सक्रि राईको दुर्घटनामा ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ।

५० वर्षीय राई सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर नहरमा खस्दा उनको मृत्यु भएको हो।

नहरमा खसेका उनलाई पानीको भेल ठूलो भएकाले बगाएको प्रहरीको भनाइ छ। साढे ९ बजे नहरमा खसेका उनी करिब एक घण्टापछि दुई कुलाको मुहानमा भेटिएका थिए।

उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे। स्कुटरमासँगै रहेकी उनकी श्रीमती भने सकुशल छिन्। उनी लामो समयदेखि पोखरामा तराना म्युजिक सेन्टर संगीत प्रशिक्षण केन्द्र सञ्चालन गरी संगीत कर्ममा सक्रिय थिए।