ट्वीटरमाा अमिताभ र शाहरुख बीच रमाईलो घम्साघम्सी

गुगलपाटी संवाददाता एजेन्सी
२८ चैत्र २०७५ ०७:४९

बलिउडमा अभिनेताहरुबिच विवाद हुनु सामान्य जस्तै भइसकेको छ । कतिपय सम्बन्ध बिग्रेर फेरी सुध्रन्छन् भने कतिपय सम्बन्ध कहिले नसुध्रने गरेको पाइन्छ ।

यस्तो प्रक्रिया चलिरहेको देखिने गरेको भएपनि बलिउडका दुई ठुला स्टारहरु शाहरुख खान र अमिताभ बच्चनको सम्बन्ध अहिले सुध्रेको अवस्थामा छ ।

सम्बन्ध सुध्रेको मात्र होइन, शाहरुख खानले लगानी गरेको फिल्म ‘बदला’ मा अमिताभले काम पनि गरेका छन् । ‘बदला’ मा अमिताभ र तापसी पन्नु रहेका थिए र फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गरेको छ ।

साइन्स स्पोर्टस सिनेमाले ट्वीट मार्फत् फिल्म ‘बदला’ ले ८५ करोड भारु कमाएको सार्वजनिक गरेको छ । फिल्मले यस्तो सफलता पाएपनि निर्माण पक्षबाट यसबारे कुनै प्रतिक्रिया नआएपछि गएराती अमिताभ बच्चनले ट्वीट मार्फत् रोचक पाराले यसमा असन्तुष्टी जनाएका छन् ।

साइन्स स्पोर्टस सिनेमाको ट्वीटलाई रि–ट्वीट गर्दै अमिताभले भनेका छन्, ‘यस समय फिल्मको शान्त सफलताको बारेमा केहिले बोल्न सुरु गरेका छन् । किनभने यसबारे निर्माता, वितरक वा यस उद्योगका अन्य कसैले यस फिल्मको सफलता बारे बोल्न रत्तीभर समय खर्चेका छैनन् ।’

अमिताभको उक्त ट्वीट शाहरुख प्रति पनि लक्षित थियो । उनको ट्वीटमा जवाफ दिंदै शाहरुखले भने , ‘सर, तपाईंले हामीलाई कहिले पार्टी दिनुहोला भनेर कुरिरहेका छौं । हामी हरेक रात जलसा (मुम्बईको जुहु स्थित बच्चन निवास) बाहिर कुरिरहेका हुन्छौं ।’

शाहरुख आफ्नो जिम्मेवारीबाट पन्छेको अवस्थालाई अमिताभले फेरी ट्वीट मार्फत् जवाफ दिंदै भने, ‘ओए, (हाँसेको इमोजीहरु) फिल्ममा मैले काम गरें । तिमीले लगानी गयौं । फिल्म प्रबद्र्धनमा निस्वार्थ भइ म लागें । अब पार्टी पनि मैले दिने रु’ उक्त ट्वीटमा उनले थपे , ‘जलसा बाहिर हरेक रात कोइ आउँदैनन् । ’

अमिताभले आफुलाई कठिन अवस्थामा पारेपनि चतुयाइँ पूर्वक शाहरुखले ट्वीटको जवाफ दिंदै भने , ‘सर, फिल्म तपाईंको हो । अभिनय तपाईंकै हो । फिल्म सफल भएको पनि तपाईंकै कारणले हो । तपाईं नभए फिल्म नै हुँदैनथ्यो । अनि पार्टी पनि। ’

यस्तो रमाइलो जुहारीमा बलिउडका थुप्रै बलिउड फ्यानहरुले प्रतिक्रिया पनि दिइरहेका छन् । यसरी ट्वीट मार्फत् फिल्मको सफलताको कुरा चलिरहँदा फिल्मलाई अझै फाइदा पुगेको प्रतिक्रियाहरु पनि आइरहेको छ ।