माटोको ढिस्कोले पुरिएर सेतिमायाको मृत्यु, उनकी छोरी घाईते

गुगलपाटी संवाददाता ओखलढुंगा
२९ चैत्र २०७५ ०७:४४

 घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर ५५ वर्षीया सेतिमाया मगरको मृत्यु भएको छ । लिखु गाउँपालिका ३ सत्लुङका उनी माटो खन्दा माथिबाट खसेको ढिस्कोले पुरिँदा मगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

त्यस्तै ढिस्कोले पुरिँदा सेतिमायाकी छोरी १८ वर्षीया विष्णु मगर गम्भीर घाइते भएकी छन्। ढाडमा गहिरो चोट लागेकाले उनलाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पुर्‍याएको छ। त्यस्तै सोही घटनामा ३२ वर्षीया गोमा मगर समेत घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।