नयाँ बर्षका दिन बैक तथा वित्तीय संस्थाहरुलाई बिदा नहुने

गुगलपाटी संवाददाता काठमाडौं
२९ चैत्र २०७५ ०९:१४

नयाँ वर्षका दिन बैकहरु भने खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ३० गते) र नयाँ वर्ष (आइतबार) को दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले शनिबार बैंक तथा वित्तीय संस्थालाई नियमित समयमा नै बैंकका शाखा तथा काउण्टरहरु खुल्ला राख्न निर्देशन दिएको हो ।

चैत मसान्तसम्म राजस्व बुझ्नुपर्ने भएकाले शनिबार पनि आफ्ना शाखाहरु सञ्चालन गर्न बैंकहरुलाई निर्देशन दिइएको हो । साथै, केन्द्रीय बैंकले राजस्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनको लागि नेपाल क्लियरिङ हाउस समेत सदा झैं खुल्ला राखी नियमित राजस्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया