‘हामीसँग पैसाको खाँचो छैन । तर, खर्च गर्ने तौर–तरिका मिलेन ।’ : मन्त्री ढुङ्गेल
गुगलपाटी संवाददाता हेटौंडाप्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले, ‘हामीसँग पैसाको खाँचो नभएको तर खर्च गर्ने तौर–तरिका नमिलेको बताएका छन् ।’ उनले खर्च गर्न नजानेर देशको विकास नभएको जनाएका छन् ।
खाँडादेवी गाउँपालिकाले आयोजना गरेको २ वर्षे आवधिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले भनेविगतमा सरकारले खर्च गर्न नजाने पनि अब योजनाबद्ध रुपमा खर्च गरेर विकास गर्ने उनले दाबी गरे ।
फरक प्रसंगमा उनले अब जनताको मन नजिती भनसुनको भरमा नेता बन्ने दिन गएको बताए । ‘जो जनताको माझबाट खारिएर आउन सक्दैन, ऊ राजनीतिमा टिक्न सक्दैन’, मन्त्री ढुंगेलले भने, ‘राजनीति गर्ने हो भने जनताको बीचबाट खारिएर आउनुहोस् । अब राजनीतिमा भनसुन चल्दैन ।’
प्रदेश ३ का सांसद् शान्तिप्रसाद पौडेलले विकासका लागि स्थानीय सरकारको पहलकदमी महत्त्वपूर्ण हुने बताए ।
कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरुले विकास, निर्माणलगायत विषयमा धारणा राखेका थिए ।