‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’
गुगलपाटी संवाददाता काठमाडौंप्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा विवेकशील साझा पार्टीले प्रर्दशन गरेको छ ।
रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा समेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन गरेको हो ।
उनले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दबाब दिइएको बताए ।
प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो ।
प्रर्दशनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थिए ।
सो घटना बाहिर आएपछि सरकारले पनि एक हप्ता अघि प्रधानमन्त्री निवासको जग्गा विक्री गर्न रोक गराउने निर्णय गरेको थियो ।