पत्रकार महासंघ प्रद्रेश चुनावी सरगर्मीः अध्यक्ष सारुद्वारा महासचिवमा उम्मेदवारी दर्ता
गुगलपाटी संवाददाता मकवानपुर,७ चैतनेपाल पत्रकार महासंघको आसन्न प्रदेश सभाका लागि शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएकोमा तीन नम्बर प्रदेश सहित सबै प्रदेशमा उम्मेदवारी परेको छ ।
प्रदेश नम्बर ३ को अस्थायी मुकाम हेटौंडामा पनि बैशाख २२ गते हुने चुनावलाइ ध्यानमा राखेर उम्मेदवारी दर्ता भएको छ । माओवादी निकटको पत्रकरा संगठन प्रेस सेन्टरका तर्फबाट ३ नम्बर प्रदेशको महासचिवमा गुगलपाटी डट कम अनलाइन खबरका अध्यक्ष कृष्ण सारु मगरले उम्मेदवारी दर्ता गराएका हुन् ।
गुगलपाटी सहित अन्नपूर्ण दैनिक र एपी वान लगायतका बिभिन्न संचारमाध्याममा आवद्ध मगर नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका निबर्तमान सचिव समेत हुन् । यसरी नै प्रदेशको अध्यक्ष पदमा चौतारीका तर्फबाट महासंघका केन्द्रीय सदस्य समेत भएका प्रताप बिष्टको उम्मेदवारी परेको छ ।