प्रदेश स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा सुरु
गुगलपाटी संवाददाता हेटौंडातीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सुरक्षा निकायका उच्च अधिकारीहरु सहभागि भएका छन् । गृह मन्त्रालयको आयोजनामा आजबाट हेटौंडामा सुरु भएको दुई दिने गोष्टीमा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य निर्देशक गणेश अधिकारी सहभागि छन् । उनीहरुले कार्यपत्र प्रस्तुती गर्ने समेत कार्यक्रम छ ।
दुई दिने गोष्ठीमा भोलीको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा (बादल) सहभागि हुने कार्यक्रम छ । १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र, जनपथ र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु गरी ६५ जना सहभागी छन् । प्रदेशको शान्ति सुरक्षालाई मजबुत बनाउनेबारे गोष्ठीमा छलफल हुने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।