ओमनमाथि नेपालको ठुलो जीत, नेपाल अंक तालिकाको दोश्रो स्थानमा

गुगलपाटी संवाददाता क्वालालाम्पुर
३ बैशाख २०७६ ०८:२६

मलेसियामा जारी आईसीसी अन्डर-१९ एसिया विश्वकप छनोट प्रतियोगिता अन्तर्गत चौथो खेलमा नेपाले ओमानमाथि ठुलो जीत हात पारेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको थियो।

विस्फोटक इनिङ खेल्ने क्रममा प्रतिस जिसीले २३ बल खेल्दै ४१ रन बनाए। यस क्रममा उनले ४ छक्का र २ चौका प्रहार गरे। सूर्य तामाङ ७ रनमा अविजित रहे।

यद्यपी नेपाल अंक तालिकाको दोश्रो स्थानमा छ। सबै ४ खेलमा शतप्रतिशत जित निकालेको युएई शीर्ष स्थानमा छ।

विश्वकप छनोट हुने सम्भावना कायम राख्न नेपालले प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई हराउनुपर्नेछ भने युएईले ओमानसँग हार्नु पर्नेछ।

प्रतियोगिताको विजेता टिम २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने अन्डर(१९ विश्वकपमा छनोट हुनेछ।