सामुहिक जबरजस्ती करणी गरेको आरोपमा चारजना पक्राउ
गुगलपाटी संवाददाता पोखरायुवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार धादिङ घर भई पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्दै आएकी २२ वर्षिय युवतीलाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोपमा तनहुँ भिमादका चार जनालाई पक्राउ परेको हो।
पक्राउ पर्नेमा तनहुँका राजन गैरे, सरोज श्रेष्ठ, अनिल गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।