सुन भन्दै फलामको टुक्रा बेच्ने चारजना पक्राउ
गुगलपाटी संवाददाता काठमाडौंसुन भन्दै फलामको टुक्रा बेच्ने चारजनालाई प्रह्रीले पक्राउ गरेको छ । त्यस्तै पुस १२ गते राजेश विकले १९ लाख रुपैयाँमा आधा किलो सुन किन्ने लोभमा नुवाकोटका दुप्चेश्वर गाउँपालिका-६ का पूर्णबहादुर तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका ३ बस्ने चन्द्रबहादुर श्रेष्ठ, प्रिविन श्रेष्ठ र सुवा श्रेष्ठलाई १९ लाख रुपैयाँ दिएका थिए।
राजेशले पैसा बुझाएपछि उनीहरूले आधा किलो सुन भन्दै सुन राख्ने प्याकेट दिएका थिए। घर पुगेर प्याकेट खोलेपछि बल्ल राजेशले थाहा पाएका थिए, सुन भनेर किनेको त फलामको टुक्रा पो रहेछ। राजेशको उजुरीका आधार प्रहरीले चार जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको थियो।