टिकटकमाथि प्रतिबन्ध लगाउन भारत सरकारको अनुरोध

गुगलपाटी संवाददाता काठमाडौं
३ बैशाख २०७६ ११:०९

विश्वभर सर्वा्धिक डाउनलोड हुन थालेको ‘टिकटक’ एप स्टोरबाट हटाउन भारत सरकारले गुगल र एप्पललाई अनुरोध गरेको छ । मद्रास उच्च अदालतले लोकप्रिय एप माथि प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो तर सर्वोच्च अदालतले त्यसलाई खारेज गरेपछि सरकारले गुगल र एप्पललाई अनुरोध गरेको हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन् ।