नेपाली दुतावासका लागि खरिद गरिएका जग्गा प्रयोगहीन

गुगलपाटी संवाददाता काठमाडौं
३ बैशाख २०७६ ११:४२

विभिन्न देशमा नेपाली दुतावासका लागि खरिद गरिएका जग्गा प्रयोगहीन भएको छ । आवास निर्माण गर्ने उद्धेश्यले खरिद गरिएका भए पनि आवश्यक भवन नबनाइँदा ती जग्गा प्रयोगविहिन हुन पुगेका हुन्।

मलेशियाको क्वालालम्पुर, श्रीलंकाको कोलम्बो र पाकिस्तानको इस्लामावादमा नेपाली दुताबास निर्माण गर्न खरिद गरिएको जग्गा प्रयोगविहीन भएको महालेखा परिक्षकको ५६औं प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै क्यानबेरामा नेपाली दुतावासको भवन बनाउन ९९ सय वर्षका लािग १२ लाख अष्ट्रेलियन डलर तिरेर भाडामा जग्गा लिइएका थियो। तीन वर्षभित्र भवन निर्माण गर्नुपर्ने भए पनि जग्गा भाडामा लिएको १० महिनामा भवन निर्माणको काम अघि बढेको छैन।

नेपालले ३९ वटा कुटनीतिक नियोग स्थापना गरेको छ। तीमध्ये ९ वटा राजदुतावास कार्यालय र ११ वटा राजदूत निवासमात्र आफ्नै भवनमा छन्। बाँकी सबै भाडामा सञ्चालन भइरहेको छ। कुटनीतिक सम्बन्ध रहेका सबै राज्यमा नेपालको आफ्नो भवन नहुँदा वर्षैपिच्छे करोडौ रुपैयाँ घरभाडामा खर्च भएको छ।

राजदूताबास र नियोग कार्यालय संचालनार्थ आर्थिक वर्ष २०७४.७५ मा ७४ करोड ७७ लाख खर्च भएको छ। यो खर्च वर्षेनी बढ्दो छ। २०७०र७१ मा ४४ करोडमात्र रहेको आवास भाडा २०७१र७२ मा ५७ करोड रुपैयाँ पुगेको थियो।

दुतावासका लागि २०७२र७३ मा ६५ करोड भाडा खर्च भएको छ भने २०७३र७४ मा ५६ करोड खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।