३ नम्बर प्रदेशको राजधानी अझै अन्यौलमा
गुगलपाटी संवाददाता हेटौंडा३ नम्बर प्रदेशको राजधानीको विषय अझै अन्यौलमा रहेको छ । आज मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकमा राजधानीको विषयको कुरा उठेपनि सरकारले राजधानीको विषय माथि खास ध्यान नदिएको सहभागी सांसदले जानकारी दिएका छन् ।
सरकारले हिउँदे अधिवेशन भित्रमा राजधानी र नामाकरणको विषय टुङ्गो लगाउने संसदमा दाबी गरेपनि तत्काल भने राजधानीको विषयले प्रवेश पाउने भने देखिदैंन । प्रदेश सभाको भोली बुधबार र पर्सिको वैठकमा शुन्य समय रहने भएको छ ।