५० किलो गाँजासहित दुईजना पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं
४ बैशाख २०७६ ०६:२५

५० किलो गाँजासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरवारमार्गद्वारा खटिएको प्रहरी टोलीले लाजिम्पाटबाट गाँजासहित कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

लाजिम्पाट स्थित सुवर्ण शम्शेर मार्गमा हिडिरहेको अबस्थामा प्रहरीलाई शंका लागि चेकजाँचको क्रममा उनीहरु पक्राउ परेका हुन्।

उनीहरुले बोकेको झोलाबाट २५/२५ किलो गाँजा फेला पारेको हो। उनीहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिहेको छ।