झण्डा गाड्न गएका विवेकशीलपार्टीका नेता तथा कार्यकर्ताहरु पक्राउ
गुगलपाटी संवाददाता काठमाडौंराष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बालुवाटारको ललिता निवासको जग्गामा झण्डा गाड्न गएका उनीहरुलाई , प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको छ ।
त्यसक्रममा विवेकशीलका केही नेतालाई प्रहरीले पक्राउ समेत गरेको हो। भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ । विवेकशीलले भने बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो ।