भेनेजुएलामा चिहाननै असुरक्षित, चिहानमै लुटपात

गुगलपाटी संवाददाता एजेन्सी
४ बैशाख २०७६ ११:१५

 

राजनीतिक र आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलाको राजधानी कराकसमा अर्को सङ्कट देखा परेको छ । त्यहाँका चिहानमा लुटपाट हुने क्रम बढेको विविसीले जनाएको छ ।

लग सान्टेरिया नामक धार्मिक समूहको रीतिरिवाजमा मान्छेको हड्डी प्रयोग हुने भएकाले चिहानबाट मानव अस्थिपञ्जरको चोरी र बिक्री हुन्छ । आपराधिक समूहहरू चिहानमा सुनको दाँत र मूल्यवान् आभूषण पनि खोज्छन् ।

सन् २०१६ मा सरकारले चिहानको सुरक्षाका लागि प्रहरी गस्ती बढाइएको बताएको थियो।