३ नम्बर प्रदेश सरकारद्वारा २ नम्बर प्रदेशलाई सहयोग

गुगलपाटी संवाददाता
४ बैशाख २०७६ १३:०६

हेटौंडा: ३ नम्बर प्रदेश सरकारले बारा र पर्षाका हावाहुरी पीडितको आवास निर्माणका लागि १ करोड रुपैया हस्तान्तरण गरेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई जनकपुर पुगेर हस्तान्तरण गर्नुभएको हो ।

सरकार मार्फत हावाहुरी पीडितलाई आवास निर्माणका लागि यश अघि ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो । यसैगरी ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको ३ दिन बराबरको तलब पनि २ नम्बर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रदेश सभाका उपसभामुख राधिका तामाङले सहयोग रकम २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतलाई हस्तान्तरण गर्नुभयो । प्रदेश सभाका १ सय ९ जना सदस्यहरुको ३ दिनको पारीश्रमिक ४ लाख ६९ हजार ५० रुपैया हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचीव रमेश शिवाकोटी, भौतिक पुर्वाधार बिकाश मन्त्रालयका सचीव कौशल किशोर झालगायतको टोलि जनकपुर पुगेको थियो ।

हस्तान्तरण कार्यक्रम मा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले छिमेकी प्रदेशमा परेको विपत्ति मा सहयोग गरेर मानविय कार्यमा सहयोग गरेको बताउनुभयो । धेरै सहयोग गर्न नसकेपनी मानबियताको नाताले सहयोग गरेको उहाँले बताउनुभयो । तेस्तै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ३ नम्बर प्रदेश प्रति ऋणि रहेको बताउनु भयो । पिडामा लगाएको मल्हम प्रति आभारी रहेको समेत उहाले बताउनुभयो ।