आजका पत्रपत्रिकाःसांसदकी छोरी पहिलो, मुख्यमन्त्रीको छोराछोरी पास मात्र
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् ।
३ नम्बर प्रदेशको सुरक्षा गोष्ठी हेटौंडामा भएको र गृहमन्त्री रामबहादुर थापा बादलले बोलेको प्रसङ्गलाई सबै पत्रिकाले पहिलो प्राथमिकताका साथ छापेका छन् । प्रदेश ३ को स्थायी राजधानी र नामाकरण नटुङ्गिएको भन्दै प्रदेशसभा सांसदले आक्रोश पोखेको, कैलाश गाउँपालिकाको शिक्षक सरुवा नगर्न उच्च अदालत पाटनको हेटौंडा इजलाशको आदेश, वैशाख ९ मा एकीकरण प्रक्रिया टुङ्गिने नेकपा नेता तथा गृहमन्त्री बादलको भनाइलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापिएको छ ।
गत वर्षको भर्ना अभियानको क्रममा जनप्रतिनिधिले असाहाय तथा विपन्न बालबालिको अभिाभावकत्व ग्रहण गर्दै भर्ना गराएका थिए । उनीहरु अभिभावक बन्दा बालबालिकाहरुको पढाईको नतिजा भर्खरै आइरहेको छ ।
यसै प्रसङ्गमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू अभिभावक बनेर भर्ना गरिएका दुई विद्यार्थी पास भएका छन् । मनहरी गाउँपलिका ६ जोगिटारस्थित राष्ट्रिय माविमा अध्ययनरत सञ्जीत भ्लोन र जेसिका प्रजा पास भएको समाचार आजको हेटौंडा सन्देश दैनिकमा मानवी बानियाँले लेखेकी छन् ।
सञ्जीत २ मा पुगेका छन् भने जेसिका कक्षा ३ मा पुगेकी छन् । प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा ३ स्थित महेन्द्रकिरण माविमा अभिभावकत्व लिएकी विद्यार्थी कविता पाख्रिन भने कक्षामा प्रथम भएकी छन् । उनी कक्षा ५ मा पुगेकी छन् ।
राष्ट्रियसभा सदस्इ रामचन्द्र राई, ओम घलान, प्रदेशका आर्थिक मामिला तथा यो जना मन्त्री कैलाश ढुङ्गेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, गाउँपालिका अध्यक्षहरुलगायतले अभिभावकत्व लिएका विद्यार्थीहरु भने पास मात्र भएका छन् ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ