गाँउपालिकाको ऐन तथा कार्यविधि नियमावली पारित

गुगलपाटी संवाददाता राक्सिराङ,८ बैशाख
८ बैशाख २०७५ ०९:३०

 मकवानपुरको विकट राक्सिराङ गाँपालिकाले दोस्रो गाँउ सभाको अवसरमा जिल्लाको ९ वटा गाँउपालिका मध्ये पहिलोचोटी ११ कार्यविधि नियमावली र १० वटा ऐन पारित गरेको छ ।

शुक्रबार भएको गाँउ सभामा गाँउपालिकाले कृषि, सहकारी, शिक्षा, विनियोजन, आर्थीक, बजार अनुगमन लगायतको ऐन पारित गरेको हो । त्यस्तै कार्यपालिका वैठक सञ्चालन, कार्य विभाजन, कार्य सम्पादन, पदाधिकारी आचरण। निर्णय कार्यान्वयन, विद्येयक प्रणाली लागयत ११ वटा कार्यविधी नियमावली पारित गरीएको थियो । राक्सिराङ गाँउपालीकाको कृषि व्यवसाय प्रवद्र्धनका लागी कृषि बजार सम्बन्धि व्यवस्था हुनुपर्ने, स्थापना, वर्गीकरण। स्थानिय कृषि व्यवसायी प्रवद्र्धन समिति समेत राख्नुपर्ने विद्येयकमा उल्लेख गरिएको छ ।

उपभोतको स्वास्थ्य, सुविधा र आर्थीक हितकायम राख्न, उपभोग्य वस्तु वा सेवा गुण्स्तर गर्नको निमीत्त गाँउपालीकाबाट नियमीत रुपमा प्रभावकारी बजार अनुगमन गर्न आवश्यक सहित दोस्रो गाँउ सभाबाट पारित गरी निर्देशीका लागु गरिएको छ । त्यस्तै गाँपालिकाले २०७४÷०७५ को ३४ करोड ३८ लाख ६३ हजार रुपैया निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार समेत प्रस्तुत गरिएको थियो ।

प्रतिनिधि सभाका सांसद विरोध खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथी प्रदेश सभाका सांसद ईन्द्र बहादुर बानियाँ, अतिथीमा सांसद सन्त बहादुर प्रजा र ओम घलान, जिल्ला समन्वय समितिका सदस्य सानु कान्छि स्याङतान, गाउँपालिकाका कार्यकारी अधिकृत सुकुदेव लम्सालको उपस्थिती रहेको थियो । क्षेत्र विकास र स्थानिय जनताको आर्थीक उन्नतिको लागी गाँउपालिकाले विभीन्न आयोजनाको तपसिल प्रस्तुत गरि ४ सांसदलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । कार्यक्रममा ४ सांसदलाई गाँउपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङले सम्मान समेत गरेका थिए । खतिवडाले स्थानिय विकासलाई असर पुग्ने किसमिले राजनितिक कार्य नगर्न आग्रह गरेका थिए । त्यस्तै सांसद बानियाँले अब राजनितिक लडाई समाप्त गरि विकासको गति तिर अघि बढ्न जरुरी रहेको बताएका थिए । कार्यक्रममा गाँउपालिकाका ९ वडाका अध्यक्षहरुले आफ्नो कार्य या्ेजना प्रस्तावना गरेका थिए । कार्यक्रम मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।