प्रदेश सभाको बैठक, २ विधेयक पारित

अमृत चिमरिया हेटौंडा
५ बैशाख २०७६ ११:४९

३ नम्बर प्रदेशसभा बैठकले विहिबार आज २ वटा विधेयक पारित गरेको छ । विहिबार बसेको प्रदेशसभा बैठकबाट एउटा विधेयक सर्वसम्मत अर्को विधेयक बहुमतले पारित गरेको हो । बैठकमा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गरेको प्रदेश सरकारी सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

त्यसैगरी प्रदेशका कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको प्रदेशका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐनको पहिलो संशोधन विधेयक सर्वसम्मत पारित भएको हो ।

भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पेश गरेका विधेयक प्रदेश सभा नियमावलीको विपरित भन्दै विवेकशील साझाका प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले विपक्षीमा मतदान गरेपछि विधेयक बहुमतले पारित भएको हो ।

यस्तै विहिबार भएको शुन्य समयमा २९ जना प्रदेश सभा सदस्यहरुले समसमायिक विषयमा आफ्नो विचार व्यक्त गरेका थिए । प्रदेश सभाको अर्को वैठक सचिवालयका अनुसार अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको छ ।