प्रदेश सरकारलाई संघिय सरकारको अवरोध :-मुख्यमन्त्री डोरमणि
गुगलपाटी संवाददाता हेटौंडाप्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघिय सरकारले प्रदेश सरकारलाई हेर्ने दृष्टीकोणमा परिवर्तन हुनुपर्ने बताएका छन् । संघीय संसदको अर्थ समितिको आयोजनामा आउँदो आर्थिक वर्षको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले नीतिगत अस्पष्टताका कारणले पनि धेरै क्षेत्रमा समस्या भएको बताउनुएको छ ।
उनले बजेट छुट्याउनका लागि भन्दा पनि समृद्धीको यात्रा पुरा गर्नका लागि काम हुनुपर्ने र कुन विकास निर्माणको काम कुन सरकारले गर्ने भन्ने कुरा छुट्टिनु पर्ने बताएका छन् । प्रदेशमा अर्थ मन्त्रालयका सचिव नहुँदा काम गर्नका लागि समस्या भएको उहाँको भनाई छ । अहिले प्रदेश सरकारलाई अधिकार नहुँदा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको मुख्यमन्त्री पौडेलले गुनासो गर्नुभयो ।
त्यसैगरी प्रदेश ३ सरकार योजना बैंक बनाएर मात्र काम गर्ने तयारीमा रहेको बताउँदै हरेक योजना खल्तीबाट हाल्ने प्रथाको अन्त्य गर्नका लागि आफुहरु लागी परेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
कार्यक्रममा संघिय अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नंम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, प्रदेश सांसदहरु प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल लगायत छलफलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, विभिन्न क्षेत्रका कर्मचारीहरु, उद्योगि, ब्यासायिहरु एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो ।