समावेशी आयोगमा हेटौंडाकी ओझाको सपथ

गुगलपाटी संवाददाता
८ बैशाख २०७६ १४:१०

हेटौंडाः अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव विष्णुमाया ओझाले राष्ट्रिय समावेशी आयोगको सदस्य पदको सपथ लिनुभएको छ । आज राष्ट्रपति निवास शितल निवासमा लिनुभएको हो । राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदी समक्ष नवनियुक्त सदस्य ओझाले राष्ट्रिय समावेशी आयोगको सदस्य पदको, पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको हो छ । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्री, संघीय संसदका उपसभामुख, सर्बोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

संविधानको धारा २५८ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मकवानपुरकी विष्णुमाया ओझा राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा वैशाख ६ गते नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छबिन्द्र पराजुलीले बताउनुभयो । मकवानपुरकी ओझा लामो समय देखि नेकपा निकट अनेमसंघबाट महिला नेतृको भुमिकामा रहनुभएको थियो ।