स्वर्गीय पोखरेलको परिवारले गरे सरकारी मान-पदवी अस्वीकार

गुगलपाटी संवाददाता विराटनगर
९ बैशाख २०७६ ०७:१४

 भाषाशास्त्री स्वर्गीय बालकृष्ण पोखरेल परिवारले सरकारी मान पदवी अस्वीकार गरेको छ ।सरकारले स्वर्गीय पोखरेललाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी्) प्रदान गर्ने निर्णय गरेको थियो ।

३ असोजमा मानव पदवी पाउनेहरुको सूची प्रकाशित भएको थियो, जसमा इतिहासकार तथा समाजशास्त्री बालकृष्ण पोखरेलको नाम पनि छ ।
आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारले घोषणा गरेको मान(पदवी, अलंकार र पदक प्रदान गरेकी थिइन् ।
तर, पोखरेलको परिवारले मान पदवी लिएन । ‘ सूची प्रकाशित भएपछि बुबाले आफू डाक्टर नभएकाले पुरस्कार लिने इच्छा व्यक्त गर्नुभएन’ छोरा मुनालले भन्छन्’ पदवी दिने बेलामा डाक्टर बालकृष्णलाई खोज्दै फोन आएको थियो, मैले उहाँ भाषाशास्त्री मात्र भएको र बुबाको इच्छाअनुसार मान(पदवी ग्रहण नगर्ने जवाफ दिए ।’

छोरा मुनालकाअनुसार भाषाशास्त्री पोखरेलले राज्यले आफूलाई नचिनेका कारण पदवी नलिने बताएका थिए ।

पोखरेलले यसअघि पनि सरकारी मानपदवी अस्वीकार गरेका थिए । भाषाशास्त्री पोखरेललाई तत्कालीन राजाको पालामा पाएको गोरखा दक्षिण बाहु र डा. रामवरण यादव राष्ट्रपति भएका बेला जनसेवाश्री पदक दिने निर्णय भएको थियो ।