जातीय बिभेद बिरुद्ध सातसय ९० किमि हिडेर हेटौंडामा

गुगलपाटी संवाददाता हेटौंडा
१० बैशाख २०७६ ११:१३

जातीय विभेद र छुवाछुतको व्यावहारिक रुपमै अन्त्य गरौं भन्ने मूल नारासहित सुरु भएको महाकाली–मेची पदयात्रा टोली हेटौंडा आइपुगेको छ । होमराज आचार्य, अशोक दर्नाल र रिता परियारको टोली सात सय ९० किलोमिटरको दुरी पार गरेर हेटौंडा आइपुगेको हो ।

महाकालीको दोधरा चाँदनीबाट सुरु भएको पैदलयात्रा दलित बस्ती र गाउँ छिचोल्दै हेटौंडा आइपुगेको हो । टोलीलाई हेटौंडा उपमहानगरपालिका र स्थानीय दलित अधिकारकर्मी र अन्य सरोकारवालाहरुले मंगलबार हेटौंडामा स्वागत गरेका छन् । स्वागतसँगै हेटौंडा उपमहानगरपालिकामा सम्मान र अन्तरक्रिया कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै मेयर हरि बहादुर महतले बिभेदको मानसिकता अन्त्य नभएसम्म ब्यवहारिक रुपमा छुवाछुत अन्त्य नहुने बताए । पैदल यात्रीहरु होमराज आचार्य, अशोक दर्नाल र रिता परियारले अआफ्नो यात्राको अनुभव सुनाएका थिए ।

जातीय विभेद र छुवाछुतको व्यावहारिक रुपमै अन्त्य गरौं भन्ने मूल नारासहित सुरु भएको महाकाली–मेची पदयात्रा चैत ३ गतेबाट शुरु भएको थियो ।
उनीहरु मंगलबारै मेचीतर्फको यात्रामा हेटौंडाबाट अघि बढेका छन् ।