सिसिडेनद्धारा उद्धार सामाग्री हस्तान्तरण
गुगलपाटी संवाददाता
भीमफेदीः भीमफेदी गाउँपालिका वडा नम्बर ९ लाई सिसिडेनले राहत तथा उद्दार समाग्री सहयोग गरेको छ । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा सामाग्री हस्तान्तरण भएको हो ।
सिसिडेनले भीमफेदी गाउँपालिका वडा नम्बर ९, २ र ४ मा ‘विपद् प्रतिकार्यमा सामुदायिक पहल’ कार्यक्रम अन्र्तगत मंगलबार ९ नम्बर वडा कार्यालयको प्रा·ण बाघमारामा ‘विपद् प्रतिकार्यको नमुना अभ्यास समेत गरिएको थियो । अभ्यास पश्चात वडाध्यक्ष प्रकाश पुडासैनीलाई गाउँपालिका उपाध्यक्ष राना, प्रमुख प्रशासकिय अधिकृत जीवन कुँरव लगायतकाको उपस्थितीमा करिब २ लाख रुपैया“ बराबरको सामाग्री हस्तान्तरण भएको हो । सहयोग भएका सामाग्रीहरुमा लाईफ ज्याकेट, स्टेचर, हेल्मेट, इमर्जेन्सी लाईट,अग्नी नियन्त्रक उपकरण, हाते माईक लगायत रहेका छ् । कार्यक्रम सञ्चालित वडामा ७५जनाको दरले युरोपियन कमिसनको सहयोगमा विपद् परेको बेलमा खोज तथा उद्दार कार्य गर्नको लागि स्वंसेवक निर्माण गरिरहेको कार्यक्रम व्यवस्थापक सुबास न्यौपानेले बताउनुभएको छ । संस्थाले गाउँपालिकामा भुकम्पले क्षति पुर्याएको विपन्न, वृद्ध मात्रै भएको,अपा· मात्रै भएको गरि ३७ घरधुरीलाई डिपिसी निर्माणको लागि ५० हजार सम्म सहयोग गरेको कार्यक्रम व्यवस्थापक न्यौपानेले बताउनुभयो ।