एसीसी यु- १३ः नेपालको योगफल मध्यम
गुगलपाटी संवाददाता एजेन्सीथाईल्यान्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा नेपालले मलेसियालाई १ सय ४१ रनको मध्यम लक्ष्य दिएको छ ।
थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए । उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७,रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए ।
त्यस्तै तल्लोक्रमका कृष कार्की ९,निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे । मलेसियाका लागि सचिनु हेतेगेले ३,जिनेन्द्र मुरली २,अहमद अकमल अलिफ, सिद्धार्थ कार्तिक,मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट हात पारे ।