सिमलटारमा अन्तरक्रिया

गुगलपाटी संवाददाता हेटौंडा
१५ बैशाख २०७६ ०७:१३

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र सिमल्टार टोल विकास संस्थाबीच आज छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बसाई सराईको सम्बन्धमा, विकास बजेटको सम्बन्धमा घरधुरीसहितको तथ्याङ्क संकलन गर्ने सम्बन्धमा, बंगुरको खोर व्यवस्थापन सम्बन्धमा, बाटो तथा ढल निर्माण र विजुलीको पोल माग गर्ने लगाएतका विषयमा छलफल भएको सिमल्टार टोल विकास संस्थाका सदस्य गोविन्द न्यौपानेले जानकारी दिए ।

वडा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोकर्ण पराजुलीले टोललाई सभ्य र मार्यादित बनाउने विषयमा टोल सुधारसंग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले टोल सुधारले दिएको सुझाव मनाशिब देखिएकोले त्यसतर्फ पनि आफुले ध्यान दिने बताए ।

टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडाका वडा सदस्य रामचन्द्र न्यौपाने, जुना दाहाल, अन्जन कुमार तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समितिका सचिव देवकुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।