छोटो स्कर्ट लगाउँदा जागिर गुमाइन यि युवतीले

गुगलपाटी संवाददाता एजेन्सी
१५ बैशाख २०७६ ०८:५७

पोषाकका कारण कामुकपना देखाएको आरोपमा एक नर्सले जागिर गुमाउन पुगेकी छिन् ।

बिरामीको सेवामा भन्दा कामुक पहिरनमा बढी ध्यान दिएको भन्दै थाइल्यान्डस्थित इसान शहरकी २६ वर्षिया पेंग च्याटस्री नामक नर्सलाई एक नीजि अस्पतालले कारवाही गर्दै जागीरबाट निकालेको हो ।

पेंग च्याटस्रीले ‘स्लीम फिगर’मा एकदमै कस्सिएको तन्किने छोटो स्कर्ट लगाएर अस्पतालमा विरामीको सेवामा आउने गरेपछि अस्पतालले निगरानीमा राख्दै यस्तो कदम चालेको हो । ति नर्सले लगाएको पहिरनलाई थाइल्यान्डमा उत्तेजक मानिन्छ ।

जागीरबाट निकालीए लगत्तै च्याटस्रीले आफ्नो फोटो ‘थाइ नर्स लभ एशोसियसन’ नामक फेसबुक पेजमा पोष्ट गरेपछि यो काण्ड अहिले भाइरल बनिरहेको छ ।