संगीतकार बिजु बज्रको दुखद निधन
गुगलपाटी संवाददाता काठमाडौंचर्चित संगीतकार बिजु बज्रको दुखद निधन भएको छ । परिवारसहित काठमाडौंमा बस्दै आएका बज्रको उपचारका क्रममा आइतवार दिउँसो सिभिल हस्पिटलमा निधन भएको गुल्मेली कलाकार संघका कोषाध्यक्ष सन्तोष केसीले जानकारी दिए ।
लामो समयदेखि मुटु रोगी उनी आइतवार बिहान घरबाट बाहिर निस्कने क्रममा अचानक ढलेका थिए । परिवारका सदस्यले बिजुलाई हस्पिटल पुर्याएका थिए । उनको निधनमा गुल्मेली कलाकारहरुले एउटा अभिभावक गुमाएको गायक रामचन्द्र चन्द बताउँछन् ।
बिजुले संगीत भरेका धेरै गीत लोकप्रिय छन् । सुगम पोखरेलको स्वरमा रहेको ‘तिमी म भन्दा कोसौँ टाढा छौ’, कर्णदासको स्वरमा रहेको ‘बिस्तारै छायो आँखामा अँध्यारो’ आगन्तुक खरेलको स्वरमा रहेको ‘कुन रङको कमी थियो र सानु’, रेष्मा सुनुवारको स्वरमा रहेको ‘मै ठुली भइछु रे’, फत्तेमान राजभण्डारीको स्वरमा रहेको ‘झरी परिरह्यो मनमा थामिदैन आँसु’ लगायतका गीतहरु उनका बहुचर्चित गीत मानिन्छन् । स्वर्गीय बज्रका श्रीमती, दुई छोरा र एक छोरा छन् ।