मन्त्री विष्टले पिउने पानीको ट्याङकीमा विष राखेको अफवाह फैलाउने ३ महिला पक्राउ
गुगलपाटी संवाददाता बुटवलसोमवार ईस्मा गाउँपालिकाको वडा नम्वर ३ र ४ ले पिउने गरेको खानीपानी ट्याङकीमा कसैले विष राखेको अफवाह फैलाउने गरेको आरोपमा ईस्मा प्रहरी चौकीले केहि समयअघि ३ महिलालाई पक्राउ गरेको छ ।
गाउँपालिकाको वडा नम्वर ४, दोहली बाझा टोलको गुरुङगाडे भन्ने स्थानमा रहेको पानी ट्याङकीमा कसैले विष मिसाएको भन्ने हल्ला फैलाउने ३ महिलालाई नियन्त्रणमा लिइएको प्रहरी नायव निरीक्षक विजयदत्त तिवारीले बताए ।
‘ती महिलामध्ये एकले अर्कोलाई पोल्ने गरेका छन्’– तिवारीले भने– ‘कसैले देखेको र विष राखेको भन्ने टुङ्गो छैन, पानी परीक्षण गर्न लगिएको छ, त्यसपछि मात्र विष राखे न राखेको पुष्टि हुनेछ ।’ स्थानीय समाजसेवी विष्णु सुनारका अनुसार अहिले ट््याङ्की रहेको स्थानमा ४० देखि ५० जनासम्म उपभोक्ताहरु जम्मा भएका छन् ।
त्यस ट्याङ्गकीबाट वडा नम्वर ३ र ४ अर्थात साविक दोहली र दर्लामचौरका झण्डै ५ सय घुरीले पानी पिउने बताइएको छ । उक्त ट्याङ्कीको पानी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको परिवारले पनि पिउने गर्दछन् ।