मुख्यमन्त्रीलाई डराउन बम बिस्फोट
गुगलपाटी संवाददाता बुटवलरोल्पामा केही अज्ञात समूहले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलोमिटर पर ‘बम’ विस्फोट गराएका छन् ।
नेकपाको रोल्पा जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दीपक खड्काले विस्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिए ।
कार्यक्रमस्थलसम्म विस्फोटको आवाज आएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव समेत भएको बताइएको छ । यद्यपि कार्यक्रम अवरुद्ध नरोकी कडा सुरक्षाबीच जारी राखिएको थियो ।