रुघाखोकीका कारण हुम्लामा थप एकजनाको मृत्यु
गुगलपाटी संवाददाता काठमाडौँहुम्लाको ताजाकोट गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकीबाट थप एकजनाको मृत्यु भएको छ । स्थानीयका अनुसार ताजाकोट(५ भदौरा गाउँकी ६२ वर्षीया पवित्रा बोहोराको मुत्यु भएको हो ।
तीनसातायता ताजाकोटमा मौसमी रुघाखोकीका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि ९ जनाको मृत्यु भैसकेको थियो ।
कर्णाली प्रदेश अस्पतालबाट गएको टोलीले रोग फैलिएका बस्तीमा उपचार सँगसँगै अनुसन्धान गरिरेहेको छ । टोलीले दुईदिन पछि मात्रै रोगको पहिचान हुने जनाएको छ ।
ताजाकोटमा श्वास प्रश्वास सम्बन्धी रोगबाट सयौं बिरामी भएको गाउँपालिका अध्यक्ष वागदल मल्लले बताए ।