ठुलो मात्राको अवैध रकम सहित कोरियन नागरिक पक्राउ

गुगलपाटी संवाददाता  काठमाडौं
१७ बैशाख २०७६ ११:४५

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा अवैध रकमसहित एक जना दक्षिण कोरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो बुद्ध एयरको यु४५५ नम्बरको उडानमार्फत सिमरा जान लागिका दक्षिण कोरियन नागरिक जोङ होन किम अवैध रकमसहित पक्राउ गरेका हुन्।

प्रहरीले उनको साथबाट १५ लाख ३१ हजार नेपाली रुपैयाँ बरामद गरेको छ।

उक्त रकमको स्रोत नखुलेका उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।