रोल्पामा फेरी बम बिस्फोट

गुगलपाटी संवाददाता दाङ
१७ बैशाख २०७६ १२:४०

सोमबार र मंगलबार गरी रोल्पामा निरन्तर बम बिष्फोट भएका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रोल्पा गएको समयमा सोमबार र मंगलबार निरन्तर बम बिष्फोट भएको स्थानीयले बताएका छन्।

मुख्यमन्त्री पोखरेलसँगै प्रदेशसभा सदस्य दिपेन्द्रकुमार पुन सिजल पनि रोल्पा पुगेका छन्। मुख्यमन्त्री पोखरेल यात्रा गरेको गैरीगाउँस्थित राँकडाँडामा आज बम बिस्फोट भएको हो।

सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने कार्यक्रममा सहभागी हुन जाँने क्रममा नजिकै जंगलमा बम बिस्फोट भएको प्रदेश सांसद दिपेन्द्रकुमार पुनले जानकारी दिए।

रोल्पाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले भने बम बिस्फोट नभएको दाबी गर्नुभएको छ । तर, गैरीगाउँका स्थानीयले भने बिस्फोटको आवाज आएको बताएका छन् । रोल्पा नगरपालिका–४ रुन्टाबाङ र तित्रिकोट गाउँको बिच जंगल क्षेत्रमा विस्फोट भएको स्थानीयले बताएका थिए ।

हिजो पनि रोल्पामा बम बिस्फोट भएको थियो । त्यसको जिम्मा भने प्रतिबन्धित नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ ।