भारतमा आँधीको डरले ८ लाख मान्छे सारिँदै, नेपालमा हावाहुरी र वर्षा सम्भावना
गुगलपाटी संवाददाता काठमाडौंभारतको पूर्व तटीय क्षेत्रमा समुद्री आँधी आउने सम्भावना देखिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।
उडिसा राज्यका करिब ८ लाख मान्छेलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सार्ने प्रक्रिया भइरहेको बिबिसीले जनाएको छ। फानीु नाम दिइएको आँधी २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आउने अनुमान मौसमविद्हरुले गरेका छन्।
यो आँधी अहिले बंगालको खाडी हुँदै आन्ध्र प्रदेशतर्फ गइरहेको अधिकारीहरूले बताएका छन्। उडिसा राज्यको केन्द्र हुँदै जाने यो समुद्री आँधीले कम्तीमा १३ जिल्ला प्रभावित गर्न सक्छ। यो क्षेत्र आसपासका सबैलाई सुरक्षित घरभित्र रहन सूचना जारी गरिएको छ।
भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीका अनुसार यो आँधीले छिमेकी राज्य आन्ध्र प्रदेश र तमिलनाडुमा पनि प्रभाव पार्न सक्नेछ। त्यसैले ती क्षेत्र उच्च सर्तकता अपनाइएको सरकारी अधिकारीहरूले जनाएका छन्।
यो आँधी एकदमै बलियो हुनसक्ने भएकाले जोखिमपूर्ण रहेको उनीहरूको भनाइ छ। शुक्रबार जमिनमा पर्ने अनुमान गरिएको यो समुद्री आँधी उडिसाको पुरी नामक सहरमा यसको प्रभाव धेरै देखिनेछ। पुरीमा साढे आठ सय वर्षभन्दा पुरानो जगन्ननाथ मन्दिर रहेको र उक्त ऐतिहासिक भवनमा असर पर्ला भनेर अधिकारीहरू चिन्तित छन्।
यो क्षेत्रका सबै स्कुल र कलेज बन्द भइसकेका छन्। आँधीको प्रभाव पर्ने भएकाले पूर्वी तटस्थित दुइटा ठूला बन्दरगाह पनि बन्द गरिएका छन्।
भारत मौसम विभागको चेतावनीपछि भारतीय सैनिक बललाई सतर्क अवस्थामा राखिएको छ।
नेपालको मौसम पूर्वानुमान महाशाखाले उक्त समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव यहाँ पर्न सक्ने बताएको छ। फानीको प्रभावका कारण नेपालको पूर्वी र मध्य भागमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना छ।
आइतबारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
वैशाख १९ गते (बिहिबार):
दिउँसोः देशको पश्चिमी भू-भाग र पूर्वी भू(भाग लागायत मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
पश्चिमी भूभाग साथै पूर्वी भू-भागका केही स्थानमा र मध्य पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको संभावना रहेको छ ।
रातिस् देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ ।
वैशाख २० गते (शुक्रबार):
दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ ।
रातिस् देशभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
वैशाख २१ गते (शनिबार):
दिउँसोः देशको पूर्वी भू-भागमा पूर्ण बदली, मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू-भागका अधिकांश स्थानहरूमा, मध्य र पश्चिमका केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ्र ।
रातिस् देशको पूर्वी भू-भागमा पूर्ण बदली, मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू(भाग लगायात मध्य तथा पश्चिमी पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको संभावना रहेको छ । स्रोतः सेतोपाटी