मकवानपुर गढीको झण्डाको विजोग

गुगलपाटी संवाददाता हेटौंडा
१९ बैशाख २०७६ १२:०९

 देशकै ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी दरबारको झण्डा च्यातिएको छ । विगत केहि समय देखि झण्डा च्यातिएता पनि सथानीय वडाध्यक्ष र गाउँपालिकाको ध्यान नपुग्दा झण्डा फेरिन सकेको छैन ।

च्यातिएको झण्डा मुनि मकवानपुर गढी दरबारमा फोटो खिचाउँदै संघीय सांसदकी उपसभामुख शिवमाया तुम्बाहाम्फे,३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ लगायत

यो विषयमा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईलाई जानकारी गराउँदा थाहा नभएको भन्दै तुरुन्तै फेर्ने समेत बताउनुभएको छ । झण्डाको विजोग भएको भन्दै सामाजिक सञ्जालमा समेत गढि दरबार संरक्षण समिति तथा गाउँपालिकाको आलोचना भएको छ ।