मुक्तानको परिवारलाई ११ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिईने
गुगलपाटी संवाददाता हेटौंडाखोलामा डुबेर मृत्यु भएकी मनहरी गाउँपालिका ७ लामाबस्तीकी सिर्जना मुक्तानको परिवारलाई ११ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिइने भएको छ ।
राक्सिराङ गाउँपालिकाले ठेक्का प्रक्रियाद्वारा मनहरी खोलाको नदीजन्य बस्तु उत्खनन् गर्दा बनेको दहमा परी बुधवार दिउँसो मुक्तानको ज्यान गएको थियो । ज्यान गएपछि आक्रोशित आफन्तका परिवारले राजमार्ग बन्दसँगै दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग गरेको थियो ।
सोही अनुसार इलाका प्रहरी कार्यालय मनहरीमा भएको छलफलमा मृतक परिवारलाई ११ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति दिइने, बगरका सबै खाल्डाखुल्डी पुर्ने र वातावरणीय प्रभाव मूल्यांकनका आधारमा मात्रै उत्खनन् गर्ने सहमति भएको हो ।
सहमतिमा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लसहित पीडित र ठेकेदार पक्षले हस्ताक्षर गरेका छन् ।