हेटौंडामा हावाहुरीको बितण्डा
गुगलपाटी संवाददाताभारतबाट आएको शत्तिशाली चक्रवात ‘फानी’ को प्रभाव हेटौंडामा पनि परेको छ । हावाहुरी, मेघ गर्जन र चट्याङसहित फानीले वर्षात गराएको हो ।
हेटौंडामा यसले ठूलो क्षति नगरेपनि सवारी आवागनमा भने केही समय अबरोध गरेकोछ । हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार फानी बंगालको खाडीको मध्य पश्चिमी भाग हुँदै करिब दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसाबाट नेपालतर्फ आएको हो ।
भारतका आन्ध्र प्रदेश र तामिलनाडु राज्यमा पनि उच्च सतर्कता कायम गरिएको छ ।
उडिसास्थित मौसम केन्द्रका अनुसार उक्त राज्यका कम्तीमा ११ जिल्ला फानीबाट प्रभावित हुनेछन् ।